Tuesday, 22 May 2018

२ मिनेटमा जन्मकुण्डली ( चिना )कसरी बनाउने???

🌹 जन्ममिती,समय र जन्मस्थलको आधारमा हातले गणितीय हिसाब गरेर कुण्डली निर्माण गर्न धेरै समय लाग्दछ। यसको लागि ज्योतिष शास्त्रको गहिरो  अध्यान र साधना आबश्यक पर्दछ।ज्योतिष सम्बन्धि ज्ञान नभएकाहरुको लागी यो झनै फलामको चिउरा सरह हुन्छ।तसर्थ आजको सरल युगमा ज्योतिष ज्ञान नभएका तर जिज्ञासुहरुको लागि  आफ्नै घरमा बसी बसी आफ्नो कुण्डली बनाउन सकिने मोबाईल एप हरु आएका छन् । हुन त जुनसुकै एप बाट बनाएका कुण्डलीहरुको पनि शुद्धताको निमित्त ज्योतिषी गुरुहरुको परामर्श लिनु उत्तम रहन्छ। तथापि ती धेरै एप मध्ये आज "हाम्रो पात्रो" एप बाट कुण्डली ( चिना)बनाउने सरल तरीका यहाँ सिकाउने प्रयास गरेको छु।आशा छ, यसबाट यहाँहरुले अत्याधिक लाभ लिनुहुनेछ।

 🌹तपाईंको मोबाईलमा "हाम्रो पात्रो" एप छ भने अपडेट गर्नुहोस् ,छैन भने डाउनलोड गर्नुहोस् ।
🌹"हाम्रो पात्रो" मोबाईलमा इन्स्टल भएपछि त्यसलाई छोएर ओपन गर्नुहोस् र  देब्रे तिर माथी टपमा भएको तिनवटा धर्सा  =  मा छुनुभयो भने  भने त्यहाँ कुण्डली भन्ने अब्सन  देखिने छ,त्यसलाई छुनुहोस्।
🌹त्यसपछि +  अब्सनलाई छुनुहोस्।त्यहाँ खाली ठाउँ भर्ने स्थान आउँछ। सर्बप्रथम आफ्नो नाम भर्नोस,त्यसपछि त्रीभुज  जस्तो चिन्ह छोएर  जन्म साल,महिना, गते सेट गर्नुहोस् ।
🌹 त्यसैगरी आफ्नो जन्मसमय बजे,मिनेट,सेकेन्ड र Am वा Pm छान्नुहोस्।
🌹 त्यसपछि जन्मस्थल सेट गरि कुन्डली बनाउनुहोस भन्ने अब्सन लाई छुनुहोस् र एकछिन प्रतीक्षा गर्नुहोस् ।
   
🌹अब यहाँको जन्म लग्न र नबमांश कुण्डली ग्रहको डिग्री सहित तपाईंको मोबाइलमा नै  आउनेछ।                           
🌹याद गर्नुहोस् कुण्डली बनाउन यहाँले डाटा वा वाईफाई अन गर्नुपर्नेछ तर  पछि हेर्ने बेला अफलाईन हेर्न सकिनेछ।
🌹 मोबाईलमा आफ्नो कुण्डल्ली स्क्रीन सट गर्नुहोस् र आफुले देखाउन चाहेको ज्योतिषी संग संपर्क गर्नुहोस् ।यसले ज्योतिषीको समय बचत हुनेछ।
   🌹यहाँले कुण्डली  बनाउन सिक्नु भयो कि भएन अबश्य प्रतिक्रिया दिनुहोला।

🌹🌹🌹 यहाँहरुले यस ग्रुप मार्फत् हरेक शनिबार बिहान  संचालित  कार्यक्रम भविष्य दर्पणमा भाग लिन आफ्नो कुण्डली र एक मुख्य जिज्ञासा सहित ग्रुप वालमा पोस्ट गर्न सक्नुहुनेछ  साथै  एप्रुभ र प्रत्युतरको लागि भने प्रतीक्षा गर्नुहुन अनुरोध छ।अबश्य पनि पालैपालो यहाँहरुको जिज्ञासाको रिप्लाई आउनेछ।
🌹 केही समय पछि यो सेवा  bhawishyadarpan.blogspot.com मार्फत मात्र दिईने कुरा समेत सम्पूर्णमा जानकारी गराउन चाहन्छु।

🌹🌹🌹 यहाँहरुको जिज्ञासाले अत्यन्त हौसला बढेको महसुस भएको छ।ज्योतिषको आधारभुत ग्यान (बेसिक नलेज )लिन चाहनेहरुको लागी यसै ग्रुप र  bhawishyadarpan.blogspot.com मार्फत क्रमशः हातले कुण्डली बनाउने बिधि तथा बेसिक  फलादेश गर्न पनि सिकाउदै जानेछु।अपडेट भैरहनु होला।
धन्यवाद !!!

🌹थप जानकारीको लागि
ज्यो.गोविन्द सुवेदी
सुनाखरी ज्योतिष विज्ञान अनुसन्धान तथा परामर्श सेवा केन्द्र
                        बागलुङ
सम्पर्क नं:-9847628795
                9805127027
www.facebook.com Govinda subedi
                                       ज्यो. गोविन्द सुवेदी

Monday, 21 May 2018

🌹बि. सं. २०७५ साल जेठ महिनाको बिबिध जानकारी

🌹मलमास (अधिकमास)

    २०७५ सालको जेठ २ गतेदेखी ३० गतेसम्म अधिकमास परेको छ। यसलाई हाम्रो बोलचालीको भाषामा मलमास भन्ने चलन छ।यस समयमा कुनै पनि शुभ कार्यहरु जस्तै बिबाह,ब्रतबन्ध,गृहप्रवेश आदि गर्नु हुँदैन।यस समयमा पुरुसोत्तम भगवानको ३३ नामले पूजागर्ने, महात्म्य सुन्ने र मालपुवा दान गर्ने महिमा रहि आएको छ।बिषेशत: बिबाह पछिको पहिलो मलमासमा बिबाहित स्त्रीले पतिको घर बस्नु हुँदैन,यसले पतिलाई पिर्दछ भने जेठको मलमासले जेठाजुलाई कष्ट हुन्छ भन्ने मत रहिआएको छ।
       मुलतः मलमासको समयमा गर्भधारण भएमा भ्रुणको निम्ति समेत राम्रो नहुने हुँदा सन्तान प्राप्त गर्न  चाहने दम्पतीले यस समयमा गर्भधारण नगर्नु उत्तम रहन्छ।
   पूर्णिमा देखि औंशी सम्म एक (कृष्ण) पक्ष  र औंशी देखि पुनः पूर्णिमा सम्म अर्को( शुक्ल) पक्ष गरि  दुई पक्षको एक चन्द्रमास हुन्छ।हाम्रो बोलचालीको भाषामा भन्ने बैशाख ,जेठ आदि  महिनालाई सौर्यमास भनिन्छ।जुन चन्द्रमासमा  सौर्य सक्रन्ती पर्दैन त्यो अधिकमास हो।जुन यस बर्ष जेठ महिनामा परेको छ।

🌹ब्रतपर्व

जेठ ८ गते          भौमाष्टमी ब्रत 
जेठ १० गते       गंगादशहरा
जेठ ११ गते        पद्मिनी एकादशी व्रत
जेठ १२ गते        शनिप्रदोष व्रत
जेठ १५ गते        पूर्णिमा व्रत
जेठ २३ गते       अस्टमी ब्रत
जेठ २७ गते        परमा एकादशी व्रत
जेठ २८ गते         सोमप्रदोष व्रत

🌹 बिबाह लग्न

छैन

🌹 ब्रतबन्ध लग्न

छैन

🌹अन्नप्राशन मुहुर्त

जेठ ३,१० र २३ गते  चन्द्रमा र शुभ लग्न जुराई अन्नप्राशन ( भात खुवाउन ) शुभ रहन्छ।

🌹 रुद्री जुर्ने दिन

जुर्दैन

🌹 अग्नि जुर्ने दिन

जेठ ३१ गते मात्र

🌹 सर्बर्थसिद्दी योग

जेठ २ गते बिहान १०:३३ बजेपछि
     १२ गते बेलुका ९:४५ बजेपछी
     २५ गते साँझ ७:२२ देखि ८:४५ बजेसम्म
     २७ गते  साँझ ७ :५० बजेसम्म
     २९ गते बिहान ५: ४८ बजेसम्म,अपह्रान्न ४:५८ देखि साँझ ६:३४ बजेसम्म सर्बार्थसिद्दी योग रहने छ।
      🌹स्मरणीय कुरा के छ भने यस योगमा शुरु गरेका कामहरु निर्भिग्नता पूर्वक सम्पन्न हुन्छ भन्ने शास्त्रीय वचन रहीआएको छ।

🌹 जेठ महिनाको भविश्यफल

     बृष राशीमा सूर्य संक्रमणको समयलाई आधार मान्दा २०७५ साल जेठ महिनामा नेपालको ग्रहगोचर त्यति संतोषजनक रहने छैन।तृतियस सूर्य द्वादश भावमा रहनाले राज्यशक्ती जनताप्रति अनुत्तरदायी होला।उच्च सरकारी अधिकारीको भागदौड हुनेछ।राज्यको खर्चको श्रोत बढेर जाला। मकर राशीको मंगल  अष्टम हुनाले घाउ चोटपटक,आगलागी तथा दुर्घटनाको भय अत्याधिक रहनेछ।प्रचण्ड गर्मीको प्रकोप रहनेछ।हातहतियार बाट भय रहन सक्छ।जनतामा रोग ब्याधिको प्रकोप बढेर जानेछ।नेपाललाई चलिरहेको अन्त्य साढेसाती र सप्तम भावमा गुरुको घरमा अबस्थित शनिले भौतिक योजना तथा निर्माणका अन्य कामकार्यमा ढिलासुस्ती,ब्याबसायीक मन्दी कायमै रहन्छ।शाशकबर्गमा काम भन्दा कुरा बढी गर्ने प्रवृत्ति निरन्तर रहनेछ।
      सुन आदि बहुमुल्य बस्तुको कारोबार तथा  मूल्यमा  वृद्धि हुनेछ।शैक्षिक र धार्मिक क्षेत्रमा केही राम्रो रहनेछ।रसबस्तुमा भने केही सन्तोष  रहनेछ।बुधको अस्तले शेयर बजार त्यति सन्तोसजनक नहोला।

🌹थप स्पस्टताको लागि
ज्यो.गोविन्द सुवेदी
सुनाखरी ज्योतिष विज्ञान अनुसन्धान तथा परामर्श सेवा केन्द्र
                        बागलुङ
सम्पर्क नं:-9847628795
                9805127027
www.facebook.com Govinda subedi
                                       ज्यो. गोविन्द सुवेदी

Thursday, 17 May 2018

बार्षिक राशिफल २०७५

 मेष (Aries):-
       यसबर्ष यहाँको ग्रहस्थिति संतोषजनक रहनेछ।शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।तिर्थाटन वा धार्मिक क्षेत्रमा मन जानेछ।धन सम्पतीमा वृद्धि होला।शारीरिक स्वस्थता र मानसिक प्रसन्नताले चेहरा उज्यालो रहने देखिन्छ।कृषि र पशु चौपाया बाट समुचित लाभ नै होला। ब्यपार ब्याबसायमा केही प्रतिकुलता रहनेछ।राजकार्य वा न्यायक्षेत्रबाट त्यति सफलता मिल्ने देखिंदैन।बर्षको अन्ततिर पेट संग सम्बन्धित समस्या हुन सक्ने हुँदा आहार बिहारमा सतर्कता अपनाउनु बेश होला।

बृष(Taurus):-
        यसबर्ष यहाँको लागि मध्यम रहला। शत्रुहरु त्यति सकृय हुन पाउने छैनन् ।स्व ब्यबसाय बाट मेहनेत अनुशारको फल मिल्ने देखिन्छ।बर्षको मध्यतिर बाट धार्मिक यात्रा,शैक्षिक कार्य सफल हुनेछन् ।न्यायपूर्ण तरिकाले गरेका काम सफल छन् ।अढैया शनिको गोचरले मानसिक चिन्ता,दुख,परेसानी,कामकार्यमा ढिलाई,जग्गा जमिनबाट त्यति लाभ नहुने ,बैदेसिक क्षेत्रमा भने जस्तो नहुने,नशा समन्धी समस्या देखा पर्न सक्ने हुँदा साबधानी पूर्वक अघी बढ्नुपर्ने देखिन्छ।शनिबारको शुद्द भोजन र पिपल पूजा गर्नाले  यसबर्ष यहाँको लागि लाभदायक हुनेछ।

मिथुन (Gemini)
              यहाँको लागि यसबर्ष राम्रै रहनेछ।स्वास्थ्यमा सुधार होला। रोकिएका कामहरु  बन्नेछन् ।कामकार्यमा उन्नति हुनेछ।धार्मिक,शैक्षिक र बौद्धिक क्षेत्र बलियो रहनेछ।सन्तान बाट सुख मिल्नेछ।बिचाराधिन मुद्दाको यहाँको पक्षमा निर्णय होला।सत्रु बर्ग सकृय हुने हुँदा सतर्कता जरुरी देखिन्छ ।पेट सम्बन्धी समस्या हुन सक्नाले खानपिनमा ध्यान पुर्याउनु होला।बर्षको शुरुकाल बढी सफल रहनेछ।

कर्कट( Cancer)
   यस बर्षको  समय यहाँको पक्षमा रहने छ।ब्यापार ब्याबसाय र कृषि कार्यबाट समुचित लाभ मिल्नेछ।पठनपाठन र बौद्धिक क्षेत्र सफल रहला।सामाजिक जस, पद प्रतिष्ठा  प्राप्त होला।शत्रुहरु निस्कृय हुनेछन् ।यहाँको पक्षमा निर्णय होला।बर्षको अन्त्यतिर धार्मिक क्षेत्रमा सफलता मिल्ला।स्वास्थमा पनि सुधार आउनेछ तर बर्षको शुरु वा मध्य  तिर बिषेशत छाती सम्बन्धी समस्याबाट बँच्नुहोला।सोमबारको शुद्द भोजन र शिवपूजा यहाँको लागि कल्याणकारी रहनेछ।

सिंह( Lio)
         यो बर्ष यहाँको लागि राम्रै रहनेछ।मन प्रसन्न रहला।सत्रु माथी बिजय मिल्नेछ।जागिर तथा श्रमको क्षेत्र लाभप्रद  रहन्छ।पुत्र सुख,इष्टमित्र बाट सहयोग नै रहन्छ।अनावश्यक भ्रमण र अनावश्यक खर्च बाट जोगिनु राम्रो हुनेछ।आफ्नो स्वास्थ्यको सवालमा सचेत रहनुहोला।लेनदेन र पशुचौपायाको कारोबारमा सचेत रहनु उत्तम रहनेछ।आईतवारको शुद्द भोजन र  सूर्यपूजाले यहाँको आत्माबल बढाउनेछ।

कन्या(Virgo)
          यस बर्ष यहाँको लागि त्यति अनुकुल छैन। अध्यन अध्यापन कार्य,धार्मिक कार्य सफल हुनेछन् ।घरमा माङ्गलिक कार्यकोअबसर आउन सक्छ।अढैया शनिको गोचरले मानसिक चिन्ता,मनमा डर पैदा हुने दुख,परेसानी,कामकार्यमा ढिलाई,जग्गा जमिनबाट त्यति लाभ नहुने ,बैदेसिक क्षेत्रमा भने जस्तो नहुने,माता,बहान आदिबाट असन्तोस मिल्ने।नशा समन्धी समस्या देखा पर्न सक्ने हुँदा साबधानी पूर्वक अघी बढ्नुपर्ने देखिन्छ।शनिबारको शुद्द भोजन र पिपल पूजा गर्नाले  यसबर्ष यहाँको लागि लाभदायक हुनेछ।

तुला(Libra)
         यहाँको यसबर्ष राम्रै रहला।स्थितिमा क्रमशः सुधार हुँदै जानेछ।मानसिक संतुस्टी,पद प्रतिस्ठा प्राप्तिको योग रहेको छ।पशुपालन र कृषि क्षेत्र सफल रहनेछ।बाहन तथा पारिवारिक सुख मिल्नेछ।आकस्मिक लाभ प्राप्त होला।धार्मिक,शैक्षिक र बौद्धिक क्षेत्र सफल रहनेछ।घरमा धार्मिक यज्ञको अबसर आउन सक्छ।पाटनर्शिप ब्याबसाय भए अलिक सोच बिचार पुर्याउनु जरुरी देखिन्छ।सबैलाई मिलाएर लैजानुपर्ने झन्झटले भने  छोड्ने छैन।

बृश्चिक (scrpio)
             यसबर्ष यहाँको लागि त्यति उत्तम छैन। सोच विचार पुर्याएर मात्र कार्य गर्नुपर्ने देखिन्छ ।बर्षको मध्य पश्चात् शैक्षिक क्षेत्र सफल होला।अन्त्य साढेसाती  शनिको गोचरले मानसिक चिन्ता,दुख,परेसानी,कामकार्यमा ढिलाई,अनावश्यक खर्च,जग्गा जमिनबाट त्यति लाभ नहुने ,बैदेसिक क्षेत्रमा भने जस्तो नहुने,नशा समन्धी समस्या देखा पर्न सक्ने हुँदा साबधानी पूर्वक अघी बढ्नुपर्ने देखिन्छ।शनिबारको शुद्द भोजन र पिपल पूजा गर्नाले  यसबर्ष यहाँको लागि लाभदायक हुनेछ।

धनु(Sagittarious)
        यसबर्ष यहाँका ग्रहगोचर असल मान्न सकिँदैन।बैदेसिक क्षेत्र आंशिक सफल  हुनेछ।धार्मिक ,आध्यात्मिक क्षेत्र सफल होला।न्यायपूर्ण तरिकाले मेहनेत साथ गरेका काम मात्र सफल हुन्छन् । मध्य साढेसाती शनिको गोचरले मानसिक चिन्ता,परेसानी,कामकार्यमा ढिलाई,पुत्र आदिबाट असन्तोष ,जग्गा जमिनबाट त्यति लाभ नहुने ,मानसिक तनाव र नशा समन्धी समस्या देखा पर्न सक्ने हुँदा साबधानी पूर्वक अघी बढ्नुपर्ने देखिन्छ।यो बर्ष यहाँले भाग्यलाई भन्दा कर्मलाई बढी बिश्वाश गरि कार्य गर्न शनिबारको शुद्द भोजन र पिपल पूजा गर्नाले  यसबर्ष यहाँको लागि लाभदायक हुनेछ।धनु(
        यसबर्ष यहाँका ग्रहगोचर असल मान्न सकिँदैन।बैदेसिक क्षेत्र आंशिक सफल  हुनेछ।धार्मिक र आध्यात्मिक क्षेत्र सफल होला।न्यायपूर्ण तरिकाले मेहनेत साथ गरेका काम मात्र सफल हुन्छन् । मध्य साढेसाती शनिको गोचरले मानसिक चिन्ता,परेसानी,कामकार्यमा ढिलाई,पुत्र आदिबाट असन्तोष ,जग्गा जमिनबाट त्यति लाभ नहुने ,मानसिक तनाव र नशा समन्धी समस्या देखा पर्न सक्ने हुँदा साबधानी पूर्वक अघी बढ्नुपर्ने देखिन्छ।यो बर्ष यहाँले भाग्यलाई भन्दा कर्मलाई बढी बिश्वाश गरि कार्य गर्नु उत्तम हुनेछ।शनिबारको शुद्द भोजन र पिपल पूजा गर्नाले  यसबर्ष यहाँको लागि लाभदायक हुनेछ।

मकर(Capricorn)
          यस बर्ष यहाँको निम्ति मध्यम फलदायी रहनेछ।घरमा मांगलिक कार्य होला।पठनपाठन र धार्मिक क्षेत्र सफलै हुनेछ।बर्षको अन्तिमतिर नवीन कार्यको थालनी हुनेछ।आफ्ना नजिकका ब्यक्तिबाटै धोका हुन सक्ने देखिन्छ।जीवनसाथिको स्वास्थ्यमा केही प्रतिकुल असर पर्ला।आध्य  साढेसाती शनिको गोचरले मानसिक चिन्ता,परेसानी,कामकार्यमा ढिलाई,पुत्र आदिबाट असन्तोष ,जग्गा जमिनबाट त्यति लाभ नहुने ,मानसिक तनाव र नशा समन्धी समस्या देखा पर्न सक्ने हुँदा साबधानी पूर्वक अघी बढ्नुपर्ने देखिन्छ।शनिबारको शुद्द भोजन र पिपल पूजा गर्नाले  यसबर्ष यहाँको लागि लाभदायक हुनेछ।

कुम्भ(Aquarius)
         यसबर्ष यहाँको असल भएरै बित्नेछ।गरिरहेको कार्यलाई निरन्तरता दिएमा आत्मासंतुस्टी,नाम,दाम मिल्नेछ ।भुमी ,बहान आदिबाट लाभ देखिन्छ।राज्यस्तरबाट सम्मान वा पदोन्नति होला।मित्रसहयोग र पारिवारिक सुखको समय रहेको छ।बर्षको अन्त्यसम्मै शत्रु कमजोर हुनेछन् ।स्वास्थ्य पनि ठिकै रहला।लेनदेन र अनावश्यक खर्चबाट भने जोगिनुपर्ने देखिन्छ।वैदेशिक क्षेत्र र न्याय आंशिक सफल रहनेछ।यी बिषयमा सतर्क भएर अघि बढ्नु नै सर्बोत्तम हुनेछ।

मीन ( pisces)
         यहाँको लागि यस बर्ष संतोषजनक रहनेछ।कामकार्य प्रतिको रुचि र लगावले कृषि ,पशुपालन आदिबाट सफलता मिल्ला।आत्माबल बढेर जानेछ।मान,सम्मान र प्रगतिको योग रहेको छ।अनावश्यक खर्च कन्ट्रोल होला।आफन्तबाट सहयोग राम्रै मिल्नेछ। बर्षको मध्य पछि पठनपाठनमा उन्नती होला।आर्थिक रुपमा सुधार आउनेछ।बर्षको अन्ततिर ब्याबसायीक क्षेत्रमा केही नोक्सानी हुन सक्ने हुँदा सतर्क रहन जरुरी देखिन्छ।

तयार गर्ने:-
ज्यो. गोविन्द सुवेदी
       बागलुङ
9847628795

बार्षिक राशीफल २०७६  मेष (Ares):-        यसबर्ष यहाँको ग्रहस्थिति संतोषजनक रहनेछ।शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।धन सम्पतीमा वृद्धि हो...