Tuesday, 26 June 2018

कार्यक्रम भविष्य दर्पण

यहाँहरुलाई यस ब्लग" भविष्य दर्पणमा" हार्दिक स्वागत छ।

   🌹 के  तपाईं आफ्नो वा परिवारको पढाई ,जागिर,वैदेशिक यात्रा,बिबाह ,सन्तान या भविष्य बारे ज्योतिष परामर्श लिन चाहनुहुन्छ?

🌹 के तपाईं आफ्नो घर,पसल वा रुमको सही वास्तु मिलाएर जीवनमा सफलता पाउन चाहनुहुन्छ ?

🌹 के तपाईंले आफ्नो वा परिवारको पूर्णकुण्डलीको जन्मपत्रीका ( चिना ) बनाएर राख्ने मन छ?

   यदि यस्तो हो भने हामी यहाँको सेवामा सदा तत्पर छौं।हामीलाई प्रत्यक्ष भेट्न वा अनलाइन परामर्श लिन सक्नुहुनेछ ।
🌹थप जानकारीको लागि

- ज्यो. गोविन्द सुवेदी
सुनाखरी ज्योतिष विज्ञान अनुसन्धान तथा परामर्श सेवा केन्द्र
                        बागलुङ
सम्पर्क नं:-9847628795
                9805127027
www.facebook.com Govinda subedi ,ज्यो. गोविन्द सुवेदी

🌹नोट :- केही समय सम्मको लागि यसै सुचनाको कमेन्ट बक्स मार्फत निशुल्क परामर्श सेवा दिइने हुँदा आफ्नो कुनै एक मात्र मुख्य जिज्ञासा सहित जन्ममिती,जन्मसमय र जन्मस्थल वा आफ्नो चिनाको फोटो राखी लाभ लिनुहुन सम्पूर्णमा  हार्दिक अनुरोध छ। हरेक  शनिबार मात्र कमेण्टको  रिप्लाई गरिने छ।
धन्यवाद !

Monday, 25 June 2018

ग्रह र रत्न बारे रहस्यमय पोस्ट।


🌹 "रत्न "शब्द को प्रयोग ॠग्बेदका अनेक मंत्रहरुमा गरेको भेटिन्छ।अथर्ववेदमा मणिहरु बारे उल्लेख छ।आचार्य बराहमिहिररचित बृहत्संहितामा रत्नहरुको गुण दोष माथी प्रकाश पारिएको छ। यसरी वैदिक तथा आयुर्बेदिक ग्रन्थमा रत्नको वर्णन पाईनुले यो भन्न सकिन्छ कि कहिँ न कहिँ रत्न दैविय शक्ति र स्वास्थ्य संग जोडिएको छ।रत्नको शाव्दिक अर्थले श्रेष्ठताको परिचय दिन्छ।रत्नलाई भुगर्भको बहुमुल्य बस्तुको रुपमा समेत बुझ्ने गरिन्छ।रत्न लाई केवल stone को रुपमा मात्र बुझ्नु हुँदैन।भुगर्भ बाट प्राप्त बहुमुल्य खनिज पदार्थ वा कुनै जीव वा बनस्पति बाट प्राप्त बहुमुल्य पदार्थ रत्न कहलाउँछन्।जस्तैः नागमणी,मोती,मुँगा आदि जीवबाट प्राप्त रत्न हरु हुन् ।बनस्पति बुटिको महत्व र प्रयोग परापूर्व कालदेखी  आज पनि उत्तिकै महत्त्वपूर्ण छ।
🌹रत्नको उत्पत्ति बारे अनेक पौराणिक मान्यताहरु समेत पाईन्छ ।

#अग्निपुरणका अनुशार भगवान विष्णुले महातपस्वी दधिचीका हड्डिहरुबाट अस्त्र बनाई महाबली बृत्तासुरको बध गर्न सम्भव छ भनी इन्द्रलाई सुझाए बमोजिम इन्द्रले उक्त हड्डिबाट बज्र बनाई बृत्तासुरको बध गरे र यसरी अस्त्र बनाउदा पृथ्वीमा खसेका टुक्राहरुबाट हीराको खानी बन्यो।

# ज्योतिष शास्त्रमा धेरै चर्चित समुद्रमंथनको कथा अनुशार देवता र दैत्यहरु मिलेर समुद्र मन्थन गर्दा निस्किएको अमृत पिउने बिषयमा देवता र दानवविच खोसाखोस हुँदा त्यस अमृतका केही थोपाहरु पृथ्वीमा खसेर तिनै थोपा र पृथ्वीको माटो, ढुंगा बिचको समिस्रण बाट रत्नको उत्पत्ति भयो।

# त्यस्तै दैत्यका राजा बलिको घमण्ड चुर गर्नको लागि भगवान बिष्णुले वामन अबतार लिनुभयो र देवराज  इन्द्रमार्फत बज्र प्रहार  प्रहार गरि बलीको शरीर टुक्राटुक्रा भयो।  टुक्राटुक्रा शरिरलाई भगवान् शिवले आफ्नो त्रीशुलमा धारण गरि त्यसमा नवग्रह र बाह्र राशीहरुको प्रभुत्व स्थापित गरेर पृथ्वीमा खशालिदिनुभ्यो।यसरी राजा बलीको विभिन्न अंगहरुबाट जस्तै  रगत बाट मणिक,मनबाट मोती,पित्त बाट पन्ना,मासुबाट पुस्पराज आदि 84 प्रकारका रत्नहरुको उत्पत्ति भयो।
🌹 बैज्ञानिक परिक्षण गर्ने हो भने रत्नहरुमा तिनिहरुको प्रकार अनुशार  सिलिकन,आल्मुनियम ,फलाम ,कार्वन हाइड्रोजन,अक्सिजन ,क्याल्सियम ,पोटासियम,लिथियम,फ्लोरिन, सोडियम आदिको समिस्रण पाईन्छ ।जस्तै स्फटिकमा सिलिकन अक्साईड पाईन्छ ।हीरा भने शुद्द कार्वन हो।मुँगामा क्याल्सियम कार्बोनेट हुन्छ।पन्ना पोटासियम ,सोडियम र लिथियमबाट बन्दछ।पुस्पराज फ्लोरिन र सिलिकन बाट बन्दछ।नीलम आल्युमिनियम अक्साइड हो।रत्नहरुको आ आफ्नै कठोरता र आपेक्षित गुरुत्व( specific gravity) हुन्छ । 
 🌹त्यसैगरी समग्र शक्तिको स्रोत सूर्यबाट निस्किने सात किरणहरु ( बैजनी,नीर,निलो,हरियो,पहेंलो ,सुन्तला,रातो ) कहिँ न कहिँ सात ग्रहहरु तथा हाम्रो शरिरका सात चक्रहरु संग संबन्ध राख्दछ्न्।
🌹जातकको शरिरमा जुन तत्व र रङ को कमि छ, त्यसको परिपुर्तिको निमित्त सोही बमिजिमको रत्न धारण गर्नु शुभ रहन्छ।जस्तै हाम्रो शरिरमा तापको मात्रालाई परिपुर्ति गर्न र सूर्यबाट प्राप्त उर्जालाई परिपुर्ति गर्न मणिक रत्न लगाउनु पर्दछ। 
🌹 जातकको  जन्मचिनामा जुन ग्रह कारक भएर पनि  कमजोर छ, शरिरमा त्यसले पूर्ण फल दिन सक्दैन तसर्थ त्यसको शक्ति बढाउन रत्न लगाउनु पर्दछ।जस्तै  कसैको नवमेश  चन्द्रमा छ र 0 ,1डिग्री या 29,30  डिग्रीमा छ अथवा अस्त छ भने त्यसको बल बढाउन मोती धारण गर्नु शुभ मानिन्छ।यसले जातकको भाग्य वृद्धि गर्दछ।
🌹 रत्नले कसरी काम गर्दछ?
    हाम्रो हातमा भएका विभिन्न पर्वतहरु जस्तै बुध,सूर्य,शुक्र,शनि आदि मध्ये जुन ग्रहको रत्न धारण गर्ने हो,त्यसै पर्वतको नजिकको औंलामा वा मित्रग्रहको पर्वत भएको नजिकको औलामा  रत्न लगाइन्छ।जस्तै पुष्पराज गुरु पर्वत को नजिक चोर औलामा लगाईन्छ।रत्न लगाउदा त्यसको  संबंधित बार,तिथि,नक्षेत्र,पक्ष आदि बिचार गरेर प्राण प्रतिष्ठा गरि लगाएमा शक्तिशाली रुपमा काम गर्दछ।जब हामिले धारण गरेको रत्नमा सूर्यको किरण पर्दछ,तब त्यसबाट निस्कने रिप्लेक्टेड किरणहरुले हाम्रो शरीरभरि सम्बन्धित रत्न बमोजिमको रङ र तत्व संचारण गरिदिन्छ्न्।जसले एउटा अद्भुत कम्पन ल्याउछ।यो तरङ्ग अल्फा तरङ्ग हो।यसले  हामीमा चार्जिङ हुन्छ र हामी पूर्ण उर्जावान हुन्छौं ।
🌹 जन्मचिनामा अकारक ग्रहको रत्न लगाउनु हुँदैन किनकि त्यस ग्रहको शक्ति बढ्दै जान्छ र झन अशुभता प्रदान गर्दछ।

🌹 के रत्नको विकल्प छ?
अबश्य छ।लाखौंका रत्नले गर्ने काम सयौंका उपरत्न,सम्बन्धित ग्रह,नक्षेत्र  अनुशारका बुटि र संबंधित ग्रह,नक्षेत्र अनुशारका मन्त्र जप द्वारा  गर्न सकिन्छ।
🌹 कसैले राम्रोसँग चिना अनुशारको शुभ रत्न वा उपरत्न लगाउन सुझाएन र अकारक ग्रहको रत्न,बुटी सुझाएमा भने अबश्य त्यसले काम गर्दैन वा लाभको सट्टा नोक्सान दिन्छ।
🌹 रत्न र बुटी केवल कारक ग्रहको मात्र लगाउनुपर्दछ तर पूजा वा जप भने कारक,अकारक दुबैको गर्न सकिन्छ।
🌹 ग्रहको  दान गर्दा कुण्डलीमा अशुभ फलदायी ग्रहको मात्र गर्नुपर्दछ।शुभ कारक ग्रहको महादशा,अन्तर्दशामा कदापि दान गर्नु हुँदैन ।( अन्य दान जतिपनी गर्न सकिन्छ तर यहाँ संबंधित ग्रहको दान भन्ने बुझ्नुपर्दछ )
🌹 कुनै ज्योतिषीले ब्यापारको लागि आफुखुशी रत्न भिडाउनु गलत हो तर संबंधित चिना बमोजिम शुभ रत्नको पहिचान गराएर सही कुरा  बताईदिनु उसको कर्तब्य हो।सेवाग्राहीले चित्त बुझेमा उसैसंग या बाहिर कतैबाट आफ्नो रत्न लिन लगाउन सक्दछ।
🌹 रत्नले भाग्य बदलिने होइन, तर भाग्यमा भएर पनि पाउन नसकेको कुरा अबश्य प्राप्त हुन्छ।
🌹 मेरो खोजमा ग्रह  रत्न वा संबंधित ग्रह नक्षेत्र अनुशारको बुटी धारणले अप्रत्याशित सफलता मिलेका उदाहरणहरु प्रसस्त छ्न्।
  सही मार्गदर्शन बमोजिमको रत्न वा बुटी लगाउनु अति कल्याणकारी देख्दछु।
धन्यवाद !

ज्यो.गोविन्द सुवेदी 
    बागलुङ 
9847628795

Wednesday, 13 June 2018

२०७५ असार कस्तो छ त!

🌹बि. सं. २०७५ साल असार महिनाको बिबिध जानकारी

🌹ब्रतपर्व

असार ७ गते         अस्टमी ब्रत
असार १० गते        निर्जला एकादशी व्रत ( तुलसीको बीउ रोप्ने दिन)
असार ११ गते       सोमप्रदोष व्रत
असार १३ गते        पूर्णिमा व्रत
असार २२ गते       अस्टमी ब्रत
असार २५ गते        योगिनी एकादशी व्रत
असार २६ गते         प्रदोष व्रत

🌹 बिबाह लग्न
असार ६ गते बुधबार
असार ७ गते बिहिवार
असार ९ गते   शनिबार
असार ११ गते सोमबार
असार १५ गते शुक्रबार
असार १६ गते शनिबार

🌹 ब्रतबन्ध लग्न

असार ८ गते शुक्रवार
असार ३१ गते आइतबार

🌹 नोट :- बिबाहमा वर, बधु तथा   ब्रतबन्धमा बर्तबन्ध गर्ने ब्यक्तिको नामबाट सूर्य, चन्द्र ,गुरु तथा शुक्र समेत जुराई सम्बन्धित दिनको शुभ लग्न तथा मुहुर्त समेत हेरी गर्नु शुभ रहन्छ।


🌹अन्नप्राशन मुहुर्त ( भात खुवाउने)

असार  ८, र १२ गते  चन्द्रमा र शुभ लग्न समेत  जुराई अन्नप्राशन ( भात खुवाउन ) शुभ रहन्छ।

🌹 रुद्री जुर्ने दिन

 असार १,४,५,६,८,११,१२,१३,१५,१८,१९,२०,२२,२५,२६, र २७ गते रुद्री जुरेको छ।

🌹 अग्नि जुर्ने दिन

असार २,४,६,८,११,१३,१५,१७,१९,२१,२३,२४,२६,२८ र ३२  गते  अग्नीस्थापना गर्न जुरेको छ।

🌹 सर्बर्थसिद्दी योग

असार  ९ गते बिहान ५:२९ बजेपछि साँझ ६:०२ बजेसम्म।
     ११ गते बिहान ६:४७ बजेपछी
     २१ गते बिहान २: ५८ बजेपछि
     २२ गते दिनरात सर्बार्थसिद्दी योग रहने छ।
      🌹स्मरणीय कुरा के छ भने यस योगमा शुरु गरेका कामहरु निर्भिग्नता पूर्वक सम्पन्न हुन्छ भन्ने शास्त्रीय वचन रहीआएको छ।

🌹 गृहारम्भ  (घरबनाउने) मुहुर्त

असारमा छैन।

🌹 नयाँ घर बनाउँदा घरमुलिको नामबाट गुरु,सूर्य,चन्द्रमा जुराउनुपर्दछ।

 🌹 गृह प्रेवेश ( घर सर्ने ) मुहुर्त
असारमा छैन।

🌹 नयाँ घर सर्दा जलले भरिएको कलश,पाँचवटी कन्या,र ब्राह्मण समेत अघि लगाई  शंखध्वनी गर्दै  मंगलाचरण र बेदध्वनी सहीत प्रवेश गर्नु उत्तम रहन्छ।

🌹 दोकान ( पसल) खोल्ने मुहुर्त
असार ८,१६,२१ र २२ गते शुभ लग्न हेरी नयाँ  पसल खोल्नु शुभ रहेको छ।

🌹 असार महिनाको भविश्यफल

     मिथुन राशीमा सूर्य संक्रमणको समयलाई आधार मान्दा २०७५ साल असार  महिनामा नेपालको ग्रहस्थिति मध्यम खालको  रहने छ।लग्नेश मंगल र केतुको तृतीय भावमा रहेको युतीले उच्च पदमा रहने ब्यक्तिहरुमा भागदौड तथा अहंकार बढ्ने देखिन्छ।सुरक्षा निकाय पनि चलायमान रहला।नवीन सहास भने बढेर जाने देखिन्छ।
     अष्टम सूर्यले राज्यशक्ती जनताप्रति अनुत्तरदायी होला।राज्यको खर्चको श्रोत बढेर जाला।जनतामा रोग ब्याधिको प्रकोप बढेर जानेछ।चन्द्रमा र बुध पनि अस्टम नै रहनाले    महत्त्वपूर्ण निर्णयहरु लिंदा आफ्नो पक्षमा नआउन सक्ने हुँदा  उच्च अधिकारीले कुनै निर्णय लिनुपरे राम्ररी सोच बिचार गरेर लिनु जरुरी देखिन्छ। बर्षाको प्रकृति एकैनासको नभै कतै अतिबृष्टी होला भने कतै प्रचण्ड गर्मीको प्रकोप रहनेछ।नेपाललाई चलिरहेको अन्त्य साढेसातीले भौतिक योजना तथा निर्माण तथा अन्य कामकार्यमा ढिलासुस्ती एबम् ब्याबसायीक मन्दी कायमै रहने देखिन्छ ।
     राज्यस्तरबाट नयाँ कामका हात हालिने छ,तर सम्पन्न गर्न कठीन हुनेछ।राता बस्तुहरुमा मुल्य वृद्धि अत्याधिक रहला। धार्मिक क्षेत्रमा केहि  बिबाद रहला।अस्टम बुधको प्रभावले शेयर बजार त्यति सन्तोसजनक नहोला।

🌹थप स्पस्टताको लागि
ज्यो.गोविन्द सुवेदी
सुनाखरी ज्योतिष विज्ञान अनुसन्धान तथा परामर्श सेवा केन्द्र
                        बागलुङ
सम्पर्क नं:-9847628795
                9805127027
www.facebook.com Govinda subedi
                                       ज्यो. गोविन्द सुवेदी

बार्षिक राशीफल २०७६  मेष (Ares):-        यसबर्ष यहाँको ग्रहस्थिति संतोषजनक रहनेछ।शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।धन सम्पतीमा वृद्धि हो...