Sunday, 24 March 2019

बार्षिक राशीफल २०७६

 मेष (Ares):-
       यसबर्ष यहाँको ग्रहस्थिति संतोषजनक रहनेछ।शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।धन सम्पतीमा वृद्धि होला।मान सम्मानको प्राप्ति हुने तथा शारीरिक स्वस्थता र मानसिक प्रसन्नताले चेहरा उज्यालो रहने देखिन्छ।कृषि र पशु चौपाया बाट समुचित लाभ नै होला। बर्षको अन्ततिर ब्यपार ब्याबसायमा केही प्रतिकुलता रहनेछ।राजकार्य वा न्यायक्षेत्रबाट त्यति सफलता मिल्ने देखिंदैन।बर्षको प्रारम्भ देखि मध्य सम्म धार्मिक कार्यमा अबरोध आउन सक्छ। साथिभाई तथा भाईबन्धुको सहयोग मिल्नाले मनमा नयाँ उत्साह आउने देखिन्छ ।

बृष(Turus):- 
        यसबर्ष यहाँको लागि मध्यम रहला। स्व ब्यबसाय बाट मेहनेत अनुशारको फल मिल्ने देखिन्छ।बर्षको शुरुतिर गरिएका धार्मिक यात्रा,शैक्षिक कार्य तथा तिर्थ व्रत सफल हुनेछन् ।न्यायपूर्ण तरिकाले गरेका काम सफल छन् ।फागुन ३ गतेसम्म रहने अढैया शनिको गोचरले मानसिक चिन्ता,दुख,परेसानी,कामकार्यमा ढिलाई,जग्गा जमिनबाट त्यति लाभ नहुने ,बैदेसिक क्षेत्रमा भने जस्तो नहुने,नशा समन्धी समस्या देखा पर्न सक्ने हुँदा साबधानी पूर्वक अघी बढ्नुपर्ने देखिन्छ।शनिबारको शुद्द भोजन र पिपल पूजा गर्नाले  यसबर्ष यहाँको लागि लाभदायक हुनेछ।फागुनदेखि भने स्थितिमा सुधार आउने देखिन्छ ।

मिथुन (Jaimini)
              यहाँको लागि यसबर्ष राम्रै रहनेछ।स्वास्थ्यमा सुधार होला। शत्रु दमन हुनेछन् ।रोकिएका कामहरु  बन्नेछन् ।आकस्मिक रुपमा कार्यप्रगतिको योग समेत देखिन्छ ।कामकार्यमा उन्नति हुनेछ।धार्मिक,शैक्षिक र बौद्धिक क्षेत्र बलियो रहनेछ।सन्तान बाट सुख मिल्नेछ।बिचाराधिन मुद्दा भएमा  यहाँको पक्षमा निर्णय होला।आफ्नो र जीवनसाथिको स्वास्थ्यमा बिशेष ख्याल गर्नुपर्ने देखिन्छ ।बर्षको शुरुकाल बढी सफल रहनेछ।फागुन पछि अढैया शनि रहनाले संयमित रहनुपर्ने हुनसक्छ।

कर्कट( Cancer)
   यस बर्षको  समय यहाँको पक्षमा रहने छ।ब्यापार ब्याबसाय र कृषि कार्यबाट समुचित लाभ मिल्नेछ।पठनपाठन र बौद्धिक क्षेत्र सफल रहला।सामाजिक जस, पद प्रतिष्ठा  प्राप्त होला।शत्रु पक्षबाट सतर्क रहनु उत्तम हुनेछ। आफ्नो र जीवन साथिको स्वास्थमा ख्याल गर्नु जरुरी देखिन्छ।त्यसमा पनि बिषेशत छाती सम्बन्धी समस्याबाट बँच्नुहोला।सोमबारको शुद्द भोजन,चन्द्रमाको जप र शिवपूजा यहाँको लागि कल्याणकारी रहनेछ।

सिंह( Lio)
         यो बर्ष यहाँको लागि राम्रै रहनेछ।मन प्रसन्न रहला।जागिर तथा श्रमको क्षेत्र लाभप्रद  रहन्छ।पुत्र सुख,इष्टमित्र,बन्धुबान्धव बाट सहयोग नै रहन्छ।रोकिएको मुद्दामा सफलता मिल्न सक्नेछ ।आफ्नो स्वास्थ्यको सवालमा सचेत रहनुहोला।बर्षको मध्य समयमा विशेष संयम अपनाउनुपर्ने देखिन्छ ।लेनदेन र पशुचौपायाको कारोबारमा सचेत रहनु उत्तम रहनेछ।आईतवारको शुद्द भोजन र  सूर्यपूजाले यहाँको आत्माबल बढाउनेछ।

कन्या( Bhirgo)
          यस बर्ष यहाँको लागि त्यति अनुकुल छैन। अध्यन अध्यापन कार्य,धार्मिक कार्य सफल हुनेछन् ।घरमा माङ्गलिक कार्यकोअबसर आउन सक्छ।शैक्षिक क्षेत्रमा बढी मेहनत गर्नु पर्ने देखिन्छ ।फागुनसम्म रहने अढैया शनिको गोचरले मानसिक चिन्ता,मनमा डर पैदा हुने दुख,परेसानी,कामकार्यमा ढिलाई,जग्गा जमिनबाट त्यति लाभ नहुने ,बैदेसिक क्षेत्रमा भने जस्तो नहुने,माता,बहान आदिबाट असन्तोस मिल्ने।नशा समन्धी समस्या देखा पर्न सक्ने हुँदा साबधानी पूर्वक अघी बढ्नुपर्ने देखिन्छ।शनिबारको शुद्द भोजन,शनिको जप र पिपल पूजा गर्नाले  यसबर्ष यहाँको लागि लाभदायक हुनेछ।फागुन ४ गतेपछि भने  स्थितिमा क्रमशः सुधार आउनेछ ।

तुला(Libra)
         यहाँको यसबर्ष राम्रै रहला।मानसिक संतुस्टी,पद प्रतिस्ठा प्राप्तिको योग रहेको छ।पशुपालन र कृषि क्षेत्र सफल रहनेछ।बाहन तथा पारिवारिक सुख मिल्नेछ।धार्मिक क्षेत्र तथा पैत्रिक संपत्तिमा त्यति संतोष नमिल्न सक्छ। साझेदारीको क्षेत्रमा बिबाद आउन सक्ने हुँदा संयम अपनाउन जरुरी देखिन्छ।सबैलाई मिलाएर लैजानुपर्ने झन्झटले भने  छोड्ने छैन।फागुन ३ गते पछि गोचरमा शनिको अढैया शुरु हुनाले बर्षको अन्ततिर थप झन्झटको सामना गर्नुपर्ने हुनसक्छ ।

बृश्चिक (Scarpio)
             यसबर्ष यहाँको लागि त्यति उत्तम छैन। सोच विचार पुर्याएर मात्र कार्य गर्नुपर्ने देखिन्छ ।धार्मिक  क्षेत्र सफल रहन्छ।न्यायपूर्ण तरुकाले गरिएका कार्यहरु सफल होलान् ।अन्त्य साढेसाती  शनिको गोचरले मानसिक चिन्ता,दुख,परेसानी,कामकार्यमा ढिलाई,अनावश्यक खर्च,जग्गा जमिनबाट त्यति लाभ नहुने ,बैदेसिक क्षेत्रमा भने जस्तो नहुने,नशा समन्धी समस्या देखा पर्न सक्ने हुँदा साबधानी पूर्वक अघी बढ्नुपर्ने देखिन्छ।शनिबारको शुद्द भोजन र पिपल पूजा गर्नाले  यसबर्ष यहाँको लागि लाभदायक हुनेछ।फागुन पछि भने स्थितिमा सुधार आउनाले मन प्रसन्न रहने देखिन्छ ।
धनु(Sagittarious)
        यसबर्ष यहाँका ग्रहगोचर असल मान्न सकिँदैन।बैदेसिक,धार्मिक र आध्यात्मिक क्षेत्र आंशिक  सफल होला।न्यायपूर्ण तरिकाले मेहनेत साथ गरेका काम मात्र सफल हुन्छन् । मध्य साढेसाती शनिको गोचरले मानसिक चिन्ता,परेसानी,कामकार्यमा ढिलाई,पुत्र आदिबाट असन्तोष ,जग्गा जमिनबाट त्यति लाभ नहुने ,मानसिक तनाव र नशा समन्धी समस्या देखा पर्न सक्ने हुँदा साबधानी पूर्वक अघी बढ्नुपर्ने देखिन्छ।यो बर्ष यहाँले भाग्यलाई भन्दा कर्मलाई बढी बिश्वाश गरि कार्य गर्नु उत्तम हुनेछ।शनिबारको शुद्द भोजन,शनिको जप र पिपल पूजा गर्नाले  यसबर्ष यहाँको लागि लाभदायक हुनेछ।यसबर्ष आफ्नो र जीवनसाथिको स्वास्थ्यमा  विशेष ख्याल गर्नु जरुरी देखिन्छ ।

मकर(Capricorn)
          यस बर्ष यहाँको निम्ति मध्यम फलदायी रहनेछ।घरमा मांगलिक कार्य होला।पठनपाठन र धार्मिक क्षेत्र सफलै हुनेछ।स्वास्थमा केही सुधार आउनेछ।शत्रु पर पर जालान् तर आफ्ना नजिकका ब्यक्तिबाटै धोका हुन सक्ने देखिनाले सतर्कता भने अपनाउनु पर्ने देखिन्छ ।मनमा डर त्रास उत्पन्न हुन सक्छ।आध्य  साढेसाती शनिको गोचरले मानसिक चिन्ता,परेसानी,कामकार्यमा ढिलाई,पुत्र आदिबाट असन्तोष ,जग्गा जमिनबाट त्यति लाभ नहुने ,मानसिक तनाव र नशा समन्धी समस्या देखा पर्न सक्ने हुँदा साबधानी पूर्वक अघी बढ्नुपर्ने देखिन्छ।शनिबारको शुद्द भोजन,शनिको दान,जप र पिपल पूजा गर्नाले  यसबर्ष यहाँको लागि लाभदायक हुनेछ।

कुम्भ(Aquarious)
         यसबर्ष यहाँको असल भएरै बित्नेछ।सबैको सहयोग मिल्नेछ। आत्मासंतुस्टी,नाम,दाम मिल्नेछ ।भुमी ,बहान आदिबाट लाभ देखिन्छ।राज्यस्तरबाट सम्मान वा पदोन्नति होला।मित्रसहयोग र पारिवारिक सुखको समय रहेको छ।आफुले खराब निर्णय गर्नबाट भने बँच्नुपर्ने देखिन्छ ।सन्तान बाट त्यति भनेजस्तो नहुन सक्छ।शेयरबजार बाट लाभ मिल्ने समय छ।स्वास्थ्य पनि ठिकै रहला।लेनदेन र अनावश्यक खर्चबाट भने जोगिनुपर्ने देखिन्छ।असोज कार्तिक तिर घाउ चोटपटक लाग्न सक्ने संभावना हुनाले सतर्कता अपनाउनु उत्तम हुनेछ।फागुन ३ गते देखि साढेसाती शनिको प्रारम्भ हुने हुँदा संयम रहनु सर्बोत्तम हुनेछ।

मीन ( Pisces)
         यहाँको लागि यस बर्ष संतोषजनक रहनेछ।कामकार्य प्रतिको रुचि र लगावले कृषि ,पशुपालन आदिबाट सफलता मिल्ला।आत्माबल बढेर जानेछ।मान,सम्मान र प्रगतिको योग रहेको छ।अनावश्यक खर्च कन्ट्रोल होला।आफन्तबाट सहयोग राम्रै मिल्नेछ। राजकार्य र ब्यापारिक कार्यमा संयम अपनाउनु उत्तम हुनेछ।चौथो राहुले पेट सम्बन्धि समस्या हुनसक्ने हुँदा बेलैमा बिचार पुर्याउनु पर्ने देखिन्छ । वैदेशिक क्षेत्र भने आंशिक फलदायी रहनेछ।

🍎तैयार गर्ने:-
ज्यो.गोविन्द सुवेदी
सुनाखरी ज्योतिष विज्ञान अनुसन्धान तथा परामर्श सेवा केन्द्र
 बागलुङ
सम्पर्क नं:-9847628795
                9805127027
www.facebook.com Govinda subedi
                                        ज्यो. गोविन्द सुवेदी

Sunday, 8 July 2018

श्रावण र सोमबारको व्रत।

#श्रावण र सोमबारको व्रत ।

सोमबारे ब्रतंकार्य श्रावणे वै यथाबिधी:
 शक्तेनोपोषणं कार्यमथवा निशिभोजनम्।
अपुत्रो लभते पुत्र निर्धनो धनवान् भवेत्
अविद्याे  लभते  विध्यामिति धर्म विदो विदु: ।।

  #श्रावण महिनाको सोमबारको व्रत र शिवपूजाको बिशिस्ट महत्त्व  छ।श्रावण सोमबारको बिधिपूर्वक  व्रत गर्नाले पुत्र,धन सम्पत्ति तथा बिध्या  प्राप्त हुने कुरा शास्त्रहरुमा उल्लेख छ।यसबारे सबैमा ठूलो धार्मिक विश्वास पनि  रहिआएको छ।
    #श्रावण महिनामा सूर्यले कर्कट राशीको भर्मण गर्दछ्न्।जसको मालिक(कर्कट राशीको)  चन्द्रमा हुन् । सोमबार को मालिक पनि चन्द्रमा नै हुन् ।चन्द्रमा भागवान्  शिवसंग जोडिएकोले बिशेषत श्रावण मासको सोमबार शिवपूजाको बिषेश महत्त्व रहिआएको हो।श्रावणको  सोमबार शिवपूजा गर्नाले कुण्डलीमा सूर्य र चन्द्रमाको कुनै दोष रहेछ भने पनि सबै हटेर जान्छ।सोमबार मात्र नभई श्रावण महिना भर शिवजीको उपासना गर्नाले लाभ मिल्दछ।चन्द्रमा मनको कारक हुनाले यस्तो उपासनाले मानसिक शान्ती तथा सुख समेत  मिल्दछ।?
    #श्रावण शुक्ल तृतीयमा सोमबार परे त्रीवेणी योग बन्दछ।यस्तो समयको शिवपूजनले गौरिशंकर भगवान अत्यान्त प्रसन्न हुनुहुन्छ। श्रावण महिनाको सोमबारको व्रत गर्नको लागि ब्रतालुले शुद्ध रहि स्नान गरि पवित्र मनले नित्य मध्याह्न कालमा भगवान शिवको पूजापाठ गर्नुपर्दछ।शिवजीलाई बेलको पात अति प्रीय हुने हुनाले बेलपत्र अर्पण गर्नु अति लाभदायक रहन्छ।बेलपत्र चढाउउँदा शिवजीले प्यार वा ममता दिनुहुन्छ भन्ने बिश्वास रहेको छ।त्यस्तै गङ्गा जल वा जलधारा दिएमा मनोकामना पूरा हुने,अक्षता चढाए धनधान्य वृद्धि ,मह चढाए स्वास्थ्य लाभ,दुबो चढाए आयु वृद्धि ,तिल चढाए पाप बाट मुक्ती,शमिका पात चढाए मोक्ष प्राप्ती हुने आदि थुप्रै महिमाहरु रहिआएका छन् ।   यसैगरी १०८ वा यथाशक्य "ॐ नम: शिवाय "को जप गर्नु पनि शिवजीको प्रसन्नताको लागि अति लाभदायक रहन्छ।भगवान शिवजीलाई आशुतोष पनि भनिन्छ।उहाँ अत्यान्त दयालु र कृपालु हुनुहुन्छ।श्रद्धा पूर्वक पूजा र व्रत गर्ने  ब्रतालुलाई उहाँ  संसारमा कल्पना गरे भन्दा ठूलो फल प्रदान गर्नुहुन्छ।
    #सुगर,प्रेसर,रक्ताल्पता भएका,मुटु,कलेजो,फोक्सो र मृगौलाका रोगी तथा भर्खरै अप्रेसन गरेका बिरामी एबम् नियमित रुपमा औसधि सेवनगरिरहेका गम्भीर बिरामीहरुको लागि भने निराहार,जलाहार व्रत नगरी, बिरामिको अबस्था हेरी फलाहार वा शुद्द आहार व्रत गर्नु लाभदायक रहन्छ।पवित्र मनले भगवान् शिवजीका महिमाहरु श्रावण गर्नाले मात्र पनि भगवान् भोलेनाथ  प्रसन्न रहनुहुन्छ।
#पौराणिक कथन अनुशार कुनै शहरमा एक मणिपाल नाउँका   शिवभक्त  ब्यापारीले पुत्र नभएर भगवान शिवको पूजाआजा गरि माता गौरीको प्रसन्नता र शिवजीको कृपाले  पुत्र प्रप्त गरे।फेरि त्यस अभुतकर्म नामको पुत्र अल्पायु  भएकोले आश्रममा देहत्यागको लागि पठाए।पछि विभिन्न परिवेशमा अभुतकर्म को बिबाह राजकुमारी संग भयो र ती राजकुमारीले सोमबारको व्रत गरि आफ्ना मृत पतिको समेत पुनर्जीवन दिलाईन् र तिनिहरु  सुख संबृधीका साथ रहे।यसरी श्रावणको सोमबारको ब्रतको ठूलो महत्त्व रहेको छ।

ॐ नम शिवाय:!!!

🌹थप स्पस्टताको लागि
ज्यो.गोविन्द सुवेदी
सुनाखरी ज्योतिष विज्ञान अनुसन्धान तथा परामर्श सेवा केन्द्र
                        बागलुङ
सम्पर्क नं:-9847628795
                9805127027
www.facebook.com Govinda subedi
                                       ज्यो. गोविन्द सुवेदी

चन्द्रग्रहण विशेष! कुन राशीलाई के फल?

#चन्द्रग्रहण विशेष!!! कुन राशीलाई के फल?पूरा हेर्नुहोस्।

#कहिले त?वि सं २०७५ साल  श्रावण  ११  गते  शुक्रबार  ( आषाढशुक्ल पूर्णिमा तिथि )इश्वी सन्   2018 जुलाई 27/28  तारिखमा खग्रास चन्द्रग्रहण रहनेछ।

 #कतिबेला ? नेपाली समय अनुशार ग्रहणले ११ गतेको राती १२ बजेर ९ मिनेट जाँदा पूर्व दिशाबाट  स्पर्श गरि रात्री १:१५ बजे सम्मिलन हुने,२:०९ बजे मध्य,२:५९ बजे उन्मिलन तथा ४:०६ बजे पश्चिम दिशाबाट मोक्ष हुनेछ।ग्रहणको सर्बपर्व काल ३ घण्टा ५७ मिनेट हुनेछ।

#कहाँ कहाँबाट देख्न सकिन्छ?नेपाल,भारत लगाएत एसियाली देशहरु,दक्षिण अमेरिकाको मध्य पूर्वी भुभाग,बेलायत अस्ट्रेलिया ,इन्डोनेसिया ,मलेसिया,सिंगापुर ,थाइल्यान्ड ,न्युजिल्यान्ड ,जापान ,फिलिपिन्स ,म्यानमार,रूस,मंगोलिया,साउदी अरबिया,अफ्रिका आदि देशहरुबाट ग्रहण अबलोकन गर्न सकिन्छ।ग्रहण खाली आँखाले हेर्न भने हुँदैन ।

#के हो त चन्द्रग्रहण ? पृथ्वी र चन्द्रमाको आफ्नै घुम्ने गति छ।पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्दछ्न्।चन्द्रमाले सूर्यको प्रकाश पाएर पृथ्वीमा पराबर्तन गर्दछ। पृथ्वी र चन्द्रमाका कक्षहरु 5.15 डिग्रीको कोण बनाएर ढल्किएका हुन्छ्न्।अब पृथ्वी र चन्द्रमा घुम्दै जादा एक त्यस्तो बिन्दु आउदछ जहाँ सूर्य ,चन्द्र र पृथ्वी एक सिधा लाइनमा पर्दछ्न्।त्यसबेला चन्द्र ग्रहण लाग्दछ जसबेला सूर्य र चन्द्रमाको विचमा पृथ्वी पर्न गइ चन्द्रमामा पृथ्वीको छायाँ पर्दछ। चन्द्रमालाई पूरा छायाँले ढाकिएमा खग्रास र केही भाग मात्र ढाकिएमा खण्डग्रास ग्रहण लाग्दछ।
     यहि छायाँलाई ज्योतिषीय भाषामा राहु/ केतु भनिन्छ। पौराणिक कथन अनुशार यहि राहुरुपि छायाँमा प्राण स्वरुप असुर बिराजमान भइ सूर्य वा चन्द्रमालाई कलंकित  गर्दछ।डस्छ। त्यसैले ग्रहण काललाई हरेक कार्यमा बर्जित गरिएको हो।आधुनिक बैज्ञानिक कारण अनुशार पनि ग्रहण कालमा सूर्य,चन्द्रमा,पृथ्वी को गुरुत्व आकर्षण शक्ति अन्ब्यालेन्स हुन्छ।जसले हाम्रो माईन्ड्लाई पनि प्रभाव पार्दछ। ग्रहण कालमा समुद्रमा पनि ज्वारभाटाहरु आउँछन् ।

#के गर्ने के नगर्ने?त्यसदिन  नेपाली समय अनुशार दिउँसो ३:०९ बजेदेखी मोक्ष नहुन्जेल सम्मको लागि बिषेशत: भोजन(खान),सयन(सुत्न) र मैथुन (यौन कृयाकलाप) गर्न,चक्कु,सियो या कुनै हतियायार  चलाउन र पूजापाठ गर्न निशेध गरिएको छ।तर बालबालिका,वृद्ध र दीर्घ रोगीहरुको लागि भने खाना र सुत्न  निशेध छैन।यस समयमा चन्द्रमा,शिवजी आदि देवताको  मन्त्र जप गर्नु अति लाभदायक रहने बताइएको छ।ग्रहण लागेको बेला मुख्यत  गर्भवती महिलहरुले यताउति डुल्नु हुँदैन ,किन भने  यस ग्रहणको  दुषित प्रभावले गर्भमा भएको सन्तानलाई नकारात्मक असर गर्दछ।
        #यस ग्रहणले उत्तरषाढा र श्रवण नक्षेत्र @ मकर  राशिका ब्यक्ती हरुलाई अलि कष्ट हुनसक्ने हुँदा संयमित रहन अनुरोध छ।
#यस ग्रहणको  राशी बमोजिमको फल निम्नानुशार रहेको छ।उक्त फल ६ महिना भित्रमा प्रप्त हुनेछ।

मेष :-      सुख संतुस्टी प्राप्ती।
बृष:-       मान सम्मानमा प्रतिकुल असर पर्ने ।
मिथुन:-    दुख:, कस्ट पाईने  ।
कर्कट :-   बिपरित लिंगीबाट पीडा वा  कष्ट पाइने।
सिंह:-       सुख संतुस्टी प्राप्ती।
कन्या:-      चिन्ता पर्न सक्ने।
तुला:-       रोग ,ब्याधिहरु लाग्न सक्ने।
बृश्चिक :-   श्रीसम्पत्ती वा धन द्रब्य पाईने।
धनु :-           धननास वा क्षति हुन सक्ने ।
मकर :-       घात वा कस्ट पाईने।
कुम्भ :-      खर्च बढ्ने ।
मीन :-         लाभ प्राप्ती हुने।

#तमोमय महाभीम सोमसूर्य विमर्दन
  हेमतारा प्रदानेन मम शान्ती प्रदोभव।
 विध्युन्तुद नमस्तुभ्यं सिंहिका नन्दनाच्युत
दानेनानेन नागस्य रक्ष मां वेधजाद्भ्यात।।

   ग्रहणले अशुभता दिने राशीहरुले यथासक्य सुबर्ण ( सुन)दान गरे शान्ति मिल्दछ।सुनको चन्द्रमा र नागको प्रतिमा बनाई माथिको मंत्र उच्चारण गरि दान गरे ग्रहणको अशुभ प्रभावबाट वँच्न सकिने कुरा शास्त्रहरुमा बताईएको छ।
 
     
तैयार गर्ने:-
ज्यो.गोविन्द सुवेदी
सुनाखरी ज्योतिष विज्ञान अनुसन्धान तथा परामर्श सेवा केन्द्र
          बागलुङ
सम्पर्क नं:-9847628795
                9805127027
www.facebook.com Govinda subedi

२०७५ श्रावण महिनाभरीको शुभाशुभ मुहुर्त तथा भविश्यफल

🌹बि. सं. २०७५ साल श्रावण महिनाभरिको शुभाशुभ मुहुर्त तथा मासिक भविष्यफल।

🌹ब्रतपर्व

श्रावण १ गते           कर्कट सक्रान्ती,श्रीसूर्य दक्षिणायनारम्भ,लुतो फाल्ने दिन।
श्रावण ४ गते         अस्टमी ब्रत
श्रावण  ७ गते        हरिशयनी एकादशी व्रत ( तुलसी रोप्ने दिन)
श्रावण  ९ गते           प्रदोष ब्रत
श्रावण  ११ गते        पूर्णिमा व्रत ,गुरुपूर्णिमा ।यस दिन रातमा खग्रास चन्द्रग्रहण रहने ।
(ग्रहण बारे बिस्तृत रुपमा म अर्को पोस्ट मा जानकारी दिने नै छु।)
श्रावण १५ गते          खिर खाने दिन।
श्रावण १९ गते       अस्टमी ब्रत
श्रावण  २२ गते        कामिका एकादशी व्रत
श्रावण  २४ गते         प्रदोष व्रत
श्रावण   ३१ गते         नागपंचमी

🌹 बिबाह लग्न

श्रावणमा छैन।

🌹 ब्रतबन्ध लग्न

श्रावणमा छैन।

🌹 नोट :- बिबाहमा वर, बधु तथा   ब्रतबन्धमा बर्तबन्ध गर्ने ब्यक्तिको नामबाट सूर्य, चन्द्र ,गुरु तथा शुक्र समेत जुराई सम्बन्धित दिनको शुभ लग्न तथा मुहुर्त समेत हेरी गर्नु शुभ रहन्छ।


🌹अन्नप्राशन मुहुर्त ( भात खुवाउने)

श्रावण ३,१४ र १६ गते  चन्द्रमा र शुभ लग्न समेत  जुराई अन्नप्राशन ( भात खुवाउन ) शुभ रहन्छ।

🌹 रुद्री जुर्ने दिन

 श्रावण  १,२,३,५,८,१६,१७,१८,२०,२२,२३,२४,२८ र ३१गते रुद्री जुरेको छ।

🌹 अग्नि जुर्ने दिन

श्रावण  २,४,६,८,१६,१८,२१,२३,२५,२७,२९ र ३१  गते  अग्नीस्थापना गर्न जुरेको छ।

🌹 सर्बर्थसिद्दी योग

श्रावण २ गते दिउसो२ :०१ बजेपछि
     ५ गते दिउसो १:३२ बजेसम्म
      ७  गते बिहान ५:४६ बजेसम्म
      १७  गते बिहान १०:३३ बजेपछि
     १८ गते बिहान ७:४१ बजेसम्म र साँझ ७:३२ बजेपछि
     २१ गते बिहान १०: ३४ बजेबाट अपह्रान्ह ४:१२ बजेसम्म र राती ३:१९ बजेपछी 
     ३० गते बिहान ७:३५ बजेपछी बेलुका ९:१८ बजेसम्म  सर्बार्थसिद्दी योग रहने छ।
      🌹स्मरणीय कुरा के छ भने यस योगमा शुरु गरेका कामहरु निर्भिग्नता पूर्वक सम्पन्न हुन्छ भन्ने शास्त्रीय वचन रहीआएको छ।

🌹 गृहारम्भ  (घरबनाउने) मुहुर्त

श्रावण ४ र १४ गते शुभ रहन्छ।

🌹 नयाँ घर बनाउँदा शुभ लग्न जुराई घरमुलिको नामबाट गुरु,सूर्य,चन्द्रमा समेत  जुराउनुपर्दछ।रिक्ता( ४-९-१४) तिथि,आईत र मंगलबार ,चरलग्न आदि छाडी मृ,रे,चि,अनु,३ उत्तरा,रो,श,स्वा,ध,ह,ती यति नक्षेत्रमा पौष ,फाल्गुन,बैशाख,श्रावण ,कार्तिक,मंसिर महिनामा बृषवास्तुचक्र समेत जुराई गृहारम्भ गर्नु शुभ मानिन्छ।

 🌹 गृह प्रेवेश ( घर सर्ने ) मुहुर्त

श्रावणमा छैन।

🌹 नयाँ घर सर्दा गाई,जलले भरिएको कलश,पाँचवटी कन्या,र ब्राह्मण समेत अघि लगाई  शंखध्वनी गर्दै  मंगलाचरण र बेदध्वनी सहीत प्रवेश गर्नु उत्तम रहन्छ।
   गृहप्रवेशमा कलशचक्र जुराई उत्तरायण वा जेठ,माघ ,फागुन र बैशाख महिनामा,मृ,रे,चि,अनु,३ उत्तरा र रोहिणी नक्षेत्रमा गर्नु  अति शुभ मानिएको छ भने कर्ताको जन्मलग्नदेखी अस्टम लग्न,चरलग्न,आईत,मंगलबार ,रिक्ता र आमाबश्या तिथि तथा चैत्रमास अशुभ मानिएको छ।

🌹 गृहवास्तु  (वास्तुपूजा ) मुहुर्त

   गृहवास्तुको लागि वास्तुचक्र जुराई  बैशाख ,श्रावण ,कार्तिक,मंसिर,फाल्गुन महिना,रो,मृ,पु,ती,उफा,ह,चि,स्वा,अनु,पुषा,श्र,ध,श,रे,अश्वी,नक्षेत्र तथा २,३,५,६,१०,११ लग्नमा गर्नु  शुभ मानिन्छ।

🌹 दोकान ( पसल) खोल्ने मुहुर्त
श्रावण  ४ र १७ गते शुभ लग्न हेरी नयाँ  पसल खोल्नु शुभ रहेको छ।

🌹 श्रावण महिनाको भविश्यफल

     कर्कट राशीमा सूर्य संक्रमणको समयलाई आधार मान्दा २०७५ साल श्रावण महिनामा नेपालको ग्रहस्थिति मध्यम खालको  रहने छ।लग्नेश बुध लाभ स्थानमा रहनाले बित्तीय क्षेत्र राम्रै रहला।बैदेशिक सहयोग मिल्ने देखिन्छ।
     पन्चम भावमा मंगल केतुको युती त्यति राम्रो रहँदैन।उच्च पदस्थ अधिकारीमा अहंकार बढ्ला।निर्णय क्षमतामा अबिबेकि  हुन सक्ने देखिन्छ।नेतृत्व पंक्तिमा नै आपसी बिबाद र खिचातानी हुन सक्ने देखुन्छ। मंगलबारको सक्रान्तीले सवारी दुर्घटना ,बाढी,पहिरो आदिको भय हुनसक्ने देखिन्छ।द्वादश चन्द्रमाको प्रभावले राज्यको ढुकुटी आफुखुशी खर्च गर्न प्रेरित गर्नेछ। बर्षाको प्रकृति एकैनासको नभै कतै अतिबृष्टी होला भने कतै प्रचण्ड गर्मीको प्रकोप रहनेछ।नेपाललाई चलिरहेको अन्त्य साढेसातीले भौतिक योजना तथा निर्माण तथा अन्य कामकार्यमा ढिलासुस्ती एबम् ब्याबसायीक मन्दी कायमै रहने देखिन्छ ।
     महंगी अत्याधिक बढ्ने तर राज्यस्तरबाट महङ्गी नियन्त्रणमा कुनै पहल हुने देखिंदैन।बहुमुल्य बस्तुहरुमा मुल्य वृद्धि अत्याधिक रहला। धार्मिक क्षेत्रमा भने केहि सुधार आउने देखिन्छ ।

🌹थप स्पस्टताको लागि
ज्यो.गोविन्द सुवेदी
सुनाखरी ज्योतिष विज्ञान अनुसन्धान तथा परामर्श सेवा केन्द्र
                        बागलुङ
सम्पर्क नं:-9847628795
                9805127027
www.facebook.com Govinda subedi
                                       ज्यो. गोविन्द सुवेदी

Tuesday, 26 June 2018

कार्यक्रम भविष्य दर्पण

यहाँहरुलाई यस ब्लग" भविष्य दर्पणमा" हार्दिक स्वागत छ।

   🌹 के  तपाईं आफ्नो वा परिवारको पढाई ,जागिर,वैदेशिक यात्रा,बिबाह ,सन्तान या भविष्य बारे ज्योतिष परामर्श लिन चाहनुहुन्छ?

🌹 के तपाईं आफ्नो घर,पसल वा रुमको सही वास्तु मिलाएर जीवनमा सफलता पाउन चाहनुहुन्छ ?

🌹 के तपाईंले आफ्नो वा परिवारको पूर्णकुण्डलीको जन्मपत्रीका ( चिना ) बनाएर राख्ने मन छ?

   यदि यस्तो हो भने हामी यहाँको सेवामा सदा तत्पर छौं।हामीलाई प्रत्यक्ष भेट्न वा अनलाइन परामर्श लिन सक्नुहुनेछ ।
🌹थप जानकारीको लागि

- ज्यो. गोविन्द सुवेदी
सुनाखरी ज्योतिष विज्ञान अनुसन्धान तथा परामर्श सेवा केन्द्र
                        बागलुङ
सम्पर्क नं:-9847628795
                9805127027
www.facebook.com Govinda subedi ,ज्यो. गोविन्द सुवेदी

🌹नोट :- केही समय सम्मको लागि यसै सुचनाको कमेन्ट बक्स मार्फत निशुल्क परामर्श सेवा दिइने हुँदा आफ्नो कुनै एक मात्र मुख्य जिज्ञासा सहित जन्ममिती,जन्मसमय र जन्मस्थल वा आफ्नो चिनाको फोटो राखी लाभ लिनुहुन सम्पूर्णमा  हार्दिक अनुरोध छ। हरेक  शनिबार मात्र कमेण्टको  रिप्लाई गरिने छ।
धन्यवाद !

Monday, 25 June 2018

ग्रह र रत्न बारे रहस्यमय पोस्ट।


🌹 "रत्न "शब्द को प्रयोग ॠग्बेदका अनेक मंत्रहरुमा गरेको भेटिन्छ।अथर्ववेदमा मणिहरु बारे उल्लेख छ।आचार्य बराहमिहिररचित बृहत्संहितामा रत्नहरुको गुण दोष माथी प्रकाश पारिएको छ। यसरी वैदिक तथा आयुर्बेदिक ग्रन्थमा रत्नको वर्णन पाईनुले यो भन्न सकिन्छ कि कहिँ न कहिँ रत्न दैविय शक्ति र स्वास्थ्य संग जोडिएको छ।रत्नको शाव्दिक अर्थले श्रेष्ठताको परिचय दिन्छ।रत्नलाई भुगर्भको बहुमुल्य बस्तुको रुपमा समेत बुझ्ने गरिन्छ।रत्न लाई केवल stone को रुपमा मात्र बुझ्नु हुँदैन।भुगर्भ बाट प्राप्त बहुमुल्य खनिज पदार्थ वा कुनै जीव वा बनस्पति बाट प्राप्त बहुमुल्य पदार्थ रत्न कहलाउँछन्।जस्तैः नागमणी,मोती,मुँगा आदि जीवबाट प्राप्त रत्न हरु हुन् ।बनस्पति बुटिको महत्व र प्रयोग परापूर्व कालदेखी  आज पनि उत्तिकै महत्त्वपूर्ण छ।
🌹रत्नको उत्पत्ति बारे अनेक पौराणिक मान्यताहरु समेत पाईन्छ ।

#अग्निपुरणका अनुशार भगवान विष्णुले महातपस्वी दधिचीका हड्डिहरुबाट अस्त्र बनाई महाबली बृत्तासुरको बध गर्न सम्भव छ भनी इन्द्रलाई सुझाए बमोजिम इन्द्रले उक्त हड्डिबाट बज्र बनाई बृत्तासुरको बध गरे र यसरी अस्त्र बनाउदा पृथ्वीमा खसेका टुक्राहरुबाट हीराको खानी बन्यो।

# ज्योतिष शास्त्रमा धेरै चर्चित समुद्रमंथनको कथा अनुशार देवता र दैत्यहरु मिलेर समुद्र मन्थन गर्दा निस्किएको अमृत पिउने बिषयमा देवता र दानवविच खोसाखोस हुँदा त्यस अमृतका केही थोपाहरु पृथ्वीमा खसेर तिनै थोपा र पृथ्वीको माटो, ढुंगा बिचको समिस्रण बाट रत्नको उत्पत्ति भयो।

# त्यस्तै दैत्यका राजा बलिको घमण्ड चुर गर्नको लागि भगवान बिष्णुले वामन अबतार लिनुभयो र देवराज  इन्द्रमार्फत बज्र प्रहार  प्रहार गरि बलीको शरीर टुक्राटुक्रा भयो।  टुक्राटुक्रा शरिरलाई भगवान् शिवले आफ्नो त्रीशुलमा धारण गरि त्यसमा नवग्रह र बाह्र राशीहरुको प्रभुत्व स्थापित गरेर पृथ्वीमा खशालिदिनुभ्यो।यसरी राजा बलीको विभिन्न अंगहरुबाट जस्तै  रगत बाट मणिक,मनबाट मोती,पित्त बाट पन्ना,मासुबाट पुस्पराज आदि 84 प्रकारका रत्नहरुको उत्पत्ति भयो।
🌹 बैज्ञानिक परिक्षण गर्ने हो भने रत्नहरुमा तिनिहरुको प्रकार अनुशार  सिलिकन,आल्मुनियम ,फलाम ,कार्वन हाइड्रोजन,अक्सिजन ,क्याल्सियम ,पोटासियम,लिथियम,फ्लोरिन, सोडियम आदिको समिस्रण पाईन्छ ।जस्तै स्फटिकमा सिलिकन अक्साईड पाईन्छ ।हीरा भने शुद्द कार्वन हो।मुँगामा क्याल्सियम कार्बोनेट हुन्छ।पन्ना पोटासियम ,सोडियम र लिथियमबाट बन्दछ।पुस्पराज फ्लोरिन र सिलिकन बाट बन्दछ।नीलम आल्युमिनियम अक्साइड हो।रत्नहरुको आ आफ्नै कठोरता र आपेक्षित गुरुत्व( specific gravity) हुन्छ । 
 🌹त्यसैगरी समग्र शक्तिको स्रोत सूर्यबाट निस्किने सात किरणहरु ( बैजनी,नीर,निलो,हरियो,पहेंलो ,सुन्तला,रातो ) कहिँ न कहिँ सात ग्रहहरु तथा हाम्रो शरिरका सात चक्रहरु संग संबन्ध राख्दछ्न्।
🌹जातकको शरिरमा जुन तत्व र रङ को कमि छ, त्यसको परिपुर्तिको निमित्त सोही बमिजिमको रत्न धारण गर्नु शुभ रहन्छ।जस्तै हाम्रो शरिरमा तापको मात्रालाई परिपुर्ति गर्न र सूर्यबाट प्राप्त उर्जालाई परिपुर्ति गर्न मणिक रत्न लगाउनु पर्दछ। 
🌹 जातकको  जन्मचिनामा जुन ग्रह कारक भएर पनि  कमजोर छ, शरिरमा त्यसले पूर्ण फल दिन सक्दैन तसर्थ त्यसको शक्ति बढाउन रत्न लगाउनु पर्दछ।जस्तै  कसैको नवमेश  चन्द्रमा छ र 0 ,1डिग्री या 29,30  डिग्रीमा छ अथवा अस्त छ भने त्यसको बल बढाउन मोती धारण गर्नु शुभ मानिन्छ।यसले जातकको भाग्य वृद्धि गर्दछ।
🌹 रत्नले कसरी काम गर्दछ?
    हाम्रो हातमा भएका विभिन्न पर्वतहरु जस्तै बुध,सूर्य,शुक्र,शनि आदि मध्ये जुन ग्रहको रत्न धारण गर्ने हो,त्यसै पर्वतको नजिकको औंलामा वा मित्रग्रहको पर्वत भएको नजिकको औलामा  रत्न लगाइन्छ।जस्तै पुष्पराज गुरु पर्वत को नजिक चोर औलामा लगाईन्छ।रत्न लगाउदा त्यसको  संबंधित बार,तिथि,नक्षेत्र,पक्ष आदि बिचार गरेर प्राण प्रतिष्ठा गरि लगाएमा शक्तिशाली रुपमा काम गर्दछ।जब हामिले धारण गरेको रत्नमा सूर्यको किरण पर्दछ,तब त्यसबाट निस्कने रिप्लेक्टेड किरणहरुले हाम्रो शरीरभरि सम्बन्धित रत्न बमोजिमको रङ र तत्व संचारण गरिदिन्छ्न्।जसले एउटा अद्भुत कम्पन ल्याउछ।यो तरङ्ग अल्फा तरङ्ग हो।यसले  हामीमा चार्जिङ हुन्छ र हामी पूर्ण उर्जावान हुन्छौं ।
🌹 जन्मचिनामा अकारक ग्रहको रत्न लगाउनु हुँदैन किनकि त्यस ग्रहको शक्ति बढ्दै जान्छ र झन अशुभता प्रदान गर्दछ।

🌹 के रत्नको विकल्प छ?
अबश्य छ।लाखौंका रत्नले गर्ने काम सयौंका उपरत्न,सम्बन्धित ग्रह,नक्षेत्र  अनुशारका बुटि र संबंधित ग्रह,नक्षेत्र अनुशारका मन्त्र जप द्वारा  गर्न सकिन्छ।
🌹 कसैले राम्रोसँग चिना अनुशारको शुभ रत्न वा उपरत्न लगाउन सुझाएन र अकारक ग्रहको रत्न,बुटी सुझाएमा भने अबश्य त्यसले काम गर्दैन वा लाभको सट्टा नोक्सान दिन्छ।
🌹 रत्न र बुटी केवल कारक ग्रहको मात्र लगाउनुपर्दछ तर पूजा वा जप भने कारक,अकारक दुबैको गर्न सकिन्छ।
🌹 ग्रहको  दान गर्दा कुण्डलीमा अशुभ फलदायी ग्रहको मात्र गर्नुपर्दछ।शुभ कारक ग्रहको महादशा,अन्तर्दशामा कदापि दान गर्नु हुँदैन ।( अन्य दान जतिपनी गर्न सकिन्छ तर यहाँ संबंधित ग्रहको दान भन्ने बुझ्नुपर्दछ )
🌹 कुनै ज्योतिषीले ब्यापारको लागि आफुखुशी रत्न भिडाउनु गलत हो तर संबंधित चिना बमोजिम शुभ रत्नको पहिचान गराएर सही कुरा  बताईदिनु उसको कर्तब्य हो।सेवाग्राहीले चित्त बुझेमा उसैसंग या बाहिर कतैबाट आफ्नो रत्न लिन लगाउन सक्दछ।
🌹 रत्नले भाग्य बदलिने होइन, तर भाग्यमा भएर पनि पाउन नसकेको कुरा अबश्य प्राप्त हुन्छ।
🌹 मेरो खोजमा ग्रह  रत्न वा संबंधित ग्रह नक्षेत्र अनुशारको बुटी धारणले अप्रत्याशित सफलता मिलेका उदाहरणहरु प्रसस्त छ्न्।
  सही मार्गदर्शन बमोजिमको रत्न वा बुटी लगाउनु अति कल्याणकारी देख्दछु।
धन्यवाद !

ज्यो.गोविन्द सुवेदी 
    बागलुङ 
9847628795

Wednesday, 13 June 2018

२०७५ असार कस्तो छ त!

🌹बि. सं. २०७५ साल असार महिनाको बिबिध जानकारी

🌹ब्रतपर्व

असार ७ गते         अस्टमी ब्रत
असार १० गते        निर्जला एकादशी व्रत ( तुलसीको बीउ रोप्ने दिन)
असार ११ गते       सोमप्रदोष व्रत
असार १३ गते        पूर्णिमा व्रत
असार २२ गते       अस्टमी ब्रत
असार २५ गते        योगिनी एकादशी व्रत
असार २६ गते         प्रदोष व्रत

🌹 बिबाह लग्न
असार ६ गते बुधबार
असार ७ गते बिहिवार
असार ९ गते   शनिबार
असार ११ गते सोमबार
असार १५ गते शुक्रबार
असार १६ गते शनिबार

🌹 ब्रतबन्ध लग्न

असार ८ गते शुक्रवार
असार ३१ गते आइतबार

🌹 नोट :- बिबाहमा वर, बधु तथा   ब्रतबन्धमा बर्तबन्ध गर्ने ब्यक्तिको नामबाट सूर्य, चन्द्र ,गुरु तथा शुक्र समेत जुराई सम्बन्धित दिनको शुभ लग्न तथा मुहुर्त समेत हेरी गर्नु शुभ रहन्छ।


🌹अन्नप्राशन मुहुर्त ( भात खुवाउने)

असार  ८, र १२ गते  चन्द्रमा र शुभ लग्न समेत  जुराई अन्नप्राशन ( भात खुवाउन ) शुभ रहन्छ।

🌹 रुद्री जुर्ने दिन

 असार १,४,५,६,८,११,१२,१३,१५,१८,१९,२०,२२,२५,२६, र २७ गते रुद्री जुरेको छ।

🌹 अग्नि जुर्ने दिन

असार २,४,६,८,११,१३,१५,१७,१९,२१,२३,२४,२६,२८ र ३२  गते  अग्नीस्थापना गर्न जुरेको छ।

🌹 सर्बर्थसिद्दी योग

असार  ९ गते बिहान ५:२९ बजेपछि साँझ ६:०२ बजेसम्म।
     ११ गते बिहान ६:४७ बजेपछी
     २१ गते बिहान २: ५८ बजेपछि
     २२ गते दिनरात सर्बार्थसिद्दी योग रहने छ।
      🌹स्मरणीय कुरा के छ भने यस योगमा शुरु गरेका कामहरु निर्भिग्नता पूर्वक सम्पन्न हुन्छ भन्ने शास्त्रीय वचन रहीआएको छ।

🌹 गृहारम्भ  (घरबनाउने) मुहुर्त

असारमा छैन।

🌹 नयाँ घर बनाउँदा घरमुलिको नामबाट गुरु,सूर्य,चन्द्रमा जुराउनुपर्दछ।

 🌹 गृह प्रेवेश ( घर सर्ने ) मुहुर्त
असारमा छैन।

🌹 नयाँ घर सर्दा जलले भरिएको कलश,पाँचवटी कन्या,र ब्राह्मण समेत अघि लगाई  शंखध्वनी गर्दै  मंगलाचरण र बेदध्वनी सहीत प्रवेश गर्नु उत्तम रहन्छ।

🌹 दोकान ( पसल) खोल्ने मुहुर्त
असार ८,१६,२१ र २२ गते शुभ लग्न हेरी नयाँ  पसल खोल्नु शुभ रहेको छ।

🌹 असार महिनाको भविश्यफल

     मिथुन राशीमा सूर्य संक्रमणको समयलाई आधार मान्दा २०७५ साल असार  महिनामा नेपालको ग्रहस्थिति मध्यम खालको  रहने छ।लग्नेश मंगल र केतुको तृतीय भावमा रहेको युतीले उच्च पदमा रहने ब्यक्तिहरुमा भागदौड तथा अहंकार बढ्ने देखिन्छ।सुरक्षा निकाय पनि चलायमान रहला।नवीन सहास भने बढेर जाने देखिन्छ।
     अष्टम सूर्यले राज्यशक्ती जनताप्रति अनुत्तरदायी होला।राज्यको खर्चको श्रोत बढेर जाला।जनतामा रोग ब्याधिको प्रकोप बढेर जानेछ।चन्द्रमा र बुध पनि अस्टम नै रहनाले    महत्त्वपूर्ण निर्णयहरु लिंदा आफ्नो पक्षमा नआउन सक्ने हुँदा  उच्च अधिकारीले कुनै निर्णय लिनुपरे राम्ररी सोच बिचार गरेर लिनु जरुरी देखिन्छ। बर्षाको प्रकृति एकैनासको नभै कतै अतिबृष्टी होला भने कतै प्रचण्ड गर्मीको प्रकोप रहनेछ।नेपाललाई चलिरहेको अन्त्य साढेसातीले भौतिक योजना तथा निर्माण तथा अन्य कामकार्यमा ढिलासुस्ती एबम् ब्याबसायीक मन्दी कायमै रहने देखिन्छ ।
     राज्यस्तरबाट नयाँ कामका हात हालिने छ,तर सम्पन्न गर्न कठीन हुनेछ।राता बस्तुहरुमा मुल्य वृद्धि अत्याधिक रहला। धार्मिक क्षेत्रमा केहि  बिबाद रहला।अस्टम बुधको प्रभावले शेयर बजार त्यति सन्तोसजनक नहोला।

🌹थप स्पस्टताको लागि
ज्यो.गोविन्द सुवेदी
सुनाखरी ज्योतिष विज्ञान अनुसन्धान तथा परामर्श सेवा केन्द्र
                        बागलुङ
सम्पर्क नं:-9847628795
                9805127027
www.facebook.com Govinda subedi
                                       ज्यो. गोविन्द सुवेदी

बार्षिक राशीफल २०७६  मेष (Ares):-        यसबर्ष यहाँको ग्रहस्थिति संतोषजनक रहनेछ।शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।धन सम्पतीमा वृद्धि हो...