Sunday, 8 July 2018

श्रावण र सोमबारको व्रत।

#श्रावण र सोमबारको व्रत ।

सोमबारे ब्रतंकार्य श्रावणे वै यथाबिधी:
 शक्तेनोपोषणं कार्यमथवा निशिभोजनम्।
अपुत्रो लभते पुत्र निर्धनो धनवान् भवेत्
अविद्याे  लभते  विध्यामिति धर्म विदो विदु: ।।

  #श्रावण महिनाको सोमबारको व्रत र शिवपूजाको बिशिस्ट महत्त्व  छ।श्रावण सोमबारको बिधिपूर्वक  व्रत गर्नाले पुत्र,धन सम्पत्ति तथा बिध्या  प्राप्त हुने कुरा शास्त्रहरुमा उल्लेख छ।यसबारे सबैमा ठूलो धार्मिक विश्वास पनि  रहिआएको छ।
    #श्रावण महिनामा सूर्यले कर्कट राशीको भर्मण गर्दछ्न्।जसको मालिक(कर्कट राशीको)  चन्द्रमा हुन् । सोमबार को मालिक पनि चन्द्रमा नै हुन् ।चन्द्रमा भागवान्  शिवसंग जोडिएकोले बिशेषत श्रावण मासको सोमबार शिवपूजाको बिषेश महत्त्व रहिआएको हो।श्रावणको  सोमबार शिवपूजा गर्नाले कुण्डलीमा सूर्य र चन्द्रमाको कुनै दोष रहेछ भने पनि सबै हटेर जान्छ।सोमबार मात्र नभई श्रावण महिना भर शिवजीको उपासना गर्नाले लाभ मिल्दछ।चन्द्रमा मनको कारक हुनाले यस्तो उपासनाले मानसिक शान्ती तथा सुख समेत  मिल्दछ।?
    #श्रावण शुक्ल तृतीयमा सोमबार परे त्रीवेणी योग बन्दछ।यस्तो समयको शिवपूजनले गौरिशंकर भगवान अत्यान्त प्रसन्न हुनुहुन्छ। श्रावण महिनाको सोमबारको व्रत गर्नको लागि ब्रतालुले शुद्ध रहि स्नान गरि पवित्र मनले नित्य मध्याह्न कालमा भगवान शिवको पूजापाठ गर्नुपर्दछ।शिवजीलाई बेलको पात अति प्रीय हुने हुनाले बेलपत्र अर्पण गर्नु अति लाभदायक रहन्छ।बेलपत्र चढाउउँदा शिवजीले प्यार वा ममता दिनुहुन्छ भन्ने बिश्वास रहेको छ।त्यस्तै गङ्गा जल वा जलधारा दिएमा मनोकामना पूरा हुने,अक्षता चढाए धनधान्य वृद्धि ,मह चढाए स्वास्थ्य लाभ,दुबो चढाए आयु वृद्धि ,तिल चढाए पाप बाट मुक्ती,शमिका पात चढाए मोक्ष प्राप्ती हुने आदि थुप्रै महिमाहरु रहिआएका छन् ।   यसैगरी १०८ वा यथाशक्य "ॐ नम: शिवाय "को जप गर्नु पनि शिवजीको प्रसन्नताको लागि अति लाभदायक रहन्छ।भगवान शिवजीलाई आशुतोष पनि भनिन्छ।उहाँ अत्यान्त दयालु र कृपालु हुनुहुन्छ।श्रद्धा पूर्वक पूजा र व्रत गर्ने  ब्रतालुलाई उहाँ  संसारमा कल्पना गरे भन्दा ठूलो फल प्रदान गर्नुहुन्छ।
    #सुगर,प्रेसर,रक्ताल्पता भएका,मुटु,कलेजो,फोक्सो र मृगौलाका रोगी तथा भर्खरै अप्रेसन गरेका बिरामी एबम् नियमित रुपमा औसधि सेवनगरिरहेका गम्भीर बिरामीहरुको लागि भने निराहार,जलाहार व्रत नगरी, बिरामिको अबस्था हेरी फलाहार वा शुद्द आहार व्रत गर्नु लाभदायक रहन्छ।पवित्र मनले भगवान् शिवजीका महिमाहरु श्रावण गर्नाले मात्र पनि भगवान् भोलेनाथ  प्रसन्न रहनुहुन्छ।
#पौराणिक कथन अनुशार कुनै शहरमा एक मणिपाल नाउँका   शिवभक्त  ब्यापारीले पुत्र नभएर भगवान शिवको पूजाआजा गरि माता गौरीको प्रसन्नता र शिवजीको कृपाले  पुत्र प्रप्त गरे।फेरि त्यस अभुतकर्म नामको पुत्र अल्पायु  भएकोले आश्रममा देहत्यागको लागि पठाए।पछि विभिन्न परिवेशमा अभुतकर्म को बिबाह राजकुमारी संग भयो र ती राजकुमारीले सोमबारको व्रत गरि आफ्ना मृत पतिको समेत पुनर्जीवन दिलाईन् र तिनिहरु  सुख संबृधीका साथ रहे।यसरी श्रावणको सोमबारको ब्रतको ठूलो महत्त्व रहेको छ।

ॐ नम शिवाय:!!!

🌹थप स्पस्टताको लागि
ज्यो.गोविन्द सुवेदी
सुनाखरी ज्योतिष विज्ञान अनुसन्धान तथा परामर्श सेवा केन्द्र
                        बागलुङ
सम्पर्क नं:-9847628795
                9805127027
www.facebook.com Govinda subedi
                                       ज्यो. गोविन्द सुवेदी

No comments:

बार्षिक राशीफल २०७६  मेष (Ares):-        यसबर्ष यहाँको ग्रहस्थिति संतोषजनक रहनेछ।शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।धन सम्पतीमा वृद्धि हो...